top of page

यो रात एक्लो छ - By: Samangkita Dhakal

यो रात एक्लो छ वरिपरि हेरें, मेरो पनि त कोही छैन

आऊ तिमी र म कुरा गरौँ, कुरा अलि बाक्लो छ

कतै तिमी पनि जुन सँगै उडिजाने त हैन


यो रात एक्लो छ

वरिपरि हेरें, मेरो पनि त कोही छैन


हो, मलाई अँधेरीको काख न्यानो लाग्छ

म यो, शून्यतामा शून्य सरी बिलाउन रुचाउँछु

कसले देख्छ र कठै, चिरिएका विचार दिवामा

म बरू सेताम्मे आकाशमा ताराझैं शब्द फिजारी काला

मसीले सिलाउन रूचाउँछु

म devkota jhai यो, शून्यतामा शून्य सरी बिलाउन

रुचाउँछु


न कसैले के भन्ला भन्ने पीर,

न त 'के छ' भन्दा हाँसेर 'ठीक छ' भन्नुपर्ने बाध्यता यी

काला समयमा म भित्तामात्रै हेरी घन्टौँ टोलाउन

सक्छु

लाग्छ,

यो

मनभित्रको समङ चिन्न पाए पुग्यो

मलाई चाहिएन सफल्ता

यो एक्लो रातमा न कसैले केही भन्ला भनी सोच्नु पर्ने

आवश्यकता


यी चिसा हावा र हलुङ्गो सासले घेरिरहँदा

कोही स्वप्नलोकमा होलान्, त कसैको स्वप्न गह्रुङ्गो

हुँदा रात्रीलोकमा मन रून्छ

किन यहाँ उजेलीको छ मान्यता?

अरे प्रत्येक उज्यालो पछि फेरि अँध्यारो पनि त हुन्छ

त्यही अँध्यारोमा कसैको सपना गह्रुङ्गो हुँदा मन रून्छ


मलाई पागल भन या जेई, यी अँध्यारोका भूत ममा

यति समाए कि,

कोठाका पर्दा खोल्न मलाई डर लाग्दैछ

बिहान फेरि उज्याला, सेता कपडा लगाई, दाग बचाई,

ती सेतै शीखरपछि भाग्नु छ


ए ब्युझाइ देउन कोही, मलाई रात नियाल्ने लतबाट

फेरि तारा बनी, भुईमा फिजारिएका मान्छे नियाल्ने

रहर जाग्दैछ |


Please give a detailed explanation about the meaning and main idea of this poem.:


The main idea of this poem is everyone feels lonely at a time and even everything arounds us is lonely. It tries to give a message that we mustn't always expect the light of hope and fly with happiness, we must know the reality of darkness, the hopelessness and the pain because we all live the life where ups comes along with downs.


Please explain your writing and thought process regarding this poem.:


The process of writing this happened when I was awake at late night wandering around the silence of this world.


Why did you choose to write this poem?:


I chose to write this poem because I wanted to decorate the feeling of darkness.

68 views0 comments

Recent Posts

See All
bottom of page